बालुवाटार जग्गाकाण्ड : राष्ट्रपतिका सम्धी युवराज भुसाल विरुद्ध पक्राउ पुर्जी

दियो पोस्ट  

काठमाडौं । ललिता निवासस्थित सरकारी जग्गा हिनामिना तथा सरकारी कागजात किर्ते प्रकरणमा पूर्वसचिव तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत युवराज भुसााल विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलका सम्धी समेत रहेका उनी यसअघि राष्ट्रिय योजना आयोगका सदस्यसचिव समेत थिए । उनकी एक मात्र छोरी नविता पौडेल राष्ट्रपति पौडेलकी बुहारी हुन। त्यस्तै वन तथा वातावरण मन्त्रालयको सचिव र अर्थमन्त्रालयमा समेत सचिवको भूमिका निभाएका उनी विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले यो मुद्दा अनुसन्धान गरिरहेको छ । भुसालसहित ५ पूर्वसचिव विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । त्यस्तै सो प्रकरणमा मुछिएका १७ पूर्वसहसचिव सहितका कर्मचारी पनि पक्राउ पर्दैछन् ।

पूर्वसचिवहरु दिप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगोविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

सिफारिस