काठमाडौं । शिक्षालाई राजनीतिबाट टाढा राख्न शिक्षक तथा कर्मचारीलाई नै राजनीतिक गतिविधिमा रोक लगाइँदै आएको छ । तर, राजधानीको मुटु अर्थात बगबजारस्थित शंकरदेव क्याम्पसका प्रमुख भने आफ्नो नियुक्ती भएकै दिन एक नेताको दैलोमा पुगेका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत शंकरदेव क्याम्पसका नवनियुक्त क्याम्पस चिफ प्राध्यापक कृष्ण प्रसाद आचार्य आशिर्वाद लिनका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता प्रकाशमान सिंहको शरणमा पुगेका हुन् ।
चाक्सीबारीस्थित सिंहको निवासमा पुगेका उनलाई नेता सिंहले खादा लगाएर बधाई दिएका थिए । सिंहसँगै उनकी पत्नि तथा काठमाडौं महानगरपालिकाकी पराजित मेयर पदकी उम्मदवार सिर्जना सिंह पनि छन् ।
कांग्रेस नेताको घरदैलोमा आशिर्वाद लिन पुग्ने शंकरदेव क्याम्पसका प्रमुख आचार्यलाई प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले फोन उठाएनन् ।