ललिता निवास प्रकरण : थप दुई जना पक्राउ, पक्राउ पर्नेको संख्या ११ पुग्यो

पक्राउ पर्नेमा समरजङ्ग कम्पनीका प्रमुख घिमिरे र नापी सर्वेक्षक अर्याल

दियो पोस्ट  

काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरे छन् ।

आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् । घिमिरे समरजङ्ग कम्पनीका प्रमुख थिए । योसँगै पक्राउ पर्नेको सङ्ख्या ११ पुगेको छ ।

मालपोत कार्यालयले भने छानबिन नगरी सोझै त्यही निर्णयका आधारमा १ सय १२ रोपनी जग्गा सुवर्णशमसेरका हकवालाको नाममा सारेको देखिन्छ।

सिफारिस