बलात्कारको आरोपमा मध्यपहाडी राजमार्गका वरिष्ठ इन्जिनियर पक्राउ

दियो पोस्ट  

काठमाडौं । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा वरिष्ठ इन्जिनियर हरिकुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका छन् पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए । इन्जिनियर पोखरेल सडक विभागअन्तर्गत मध्यपहाडी (पुष्पलाल) राजमार्गका आयोजना निर्देशक हुन्।

बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए । आफ्नो घरमा काम गर्ने एक युवतीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि लागेको छ । ती युवतीले केही समय अघि सामाजिक सन्जालमा आफूलाई पोखरेलले बलात्कार गरेको भन्दै भिडियोसमेत राखेकी थिइन् । घरमा काेही नभएकाे माैकामा आफूमाथि पटक पटक याैन दुव्यवहार गरेकाे बताएकी थिइन् ।

साउन ५ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडितले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । ब्लु क्रस अस्पतालमा उपचारका लागि आएका पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।