प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो।

संवैधानिक परिषद्‌को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले ओलीलाई बालुवाटार बोलाएका थिए।

प्रधानमन्त्रीले शनिबार नै ओलीलाई छलफलका लागि बोलाए पनि ओली भने आइतबार बालुवाटार गएका हुन्।

आइतबारको भेटमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसबारे छलफल भएको बताइएको छ। हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की अबको केही दिनपछि उमेरहदका कारण अवकाशमा जाँदैछन्।

सिफारिस