को हुन् १ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा ?

१ क्विन्टल सुन तस्करी प्रकरण

दियो पोस्ट  

काठमाडौं । १ क्विन्टल सुन तस्करी प्रकरण संलग्न भएको आरोपमा ठमेलको भियना होटलका सञ्चालक दावा छिरिङलाई राजस्व अनुसन्धान विभागको टोलीले आइताबर ठमेलस्थित उनकै होटलबाट पक्राउ गर्याे । पक्राउ परेका उनी नेपालमा चिनियाँ गिरोह भित्र्याउने नाइके (मुख्य व्यक्ति) रहेको पाइएको छ।

प्रहरी उच्च स्रोतका अनुसार चिनियाँ व्यक्ति संलग्न भएर नेपालमा हुने हरेकजसो अपराधमा दावाको कनेक्सन जोडिन्छ। नेपालमा हुने अनलाइन जुवा, अनलाइन ठगी, लोन, एमएस, अश्लिल भिडियो देखाएर हुने ब्लयाकमेलिङ ठगी लगायतमा उनको संलग्नताका प्रमाणहरु देखिएको प्रहरी स्रोतको भनाइ छ।

प्रहरीले काठमाडौंमा विशेष अपरेशन चलाएर १२२ चिनियाँ नागरिकलाई पक्राउ गर्दा दावा पनि पक्राउ परेका थिए।

तिब्बती मुलका दावासँग नेपालको र बेल्जियमको दोहोरा नागरिकता रहेको छ। उनले काभ्रेबाट नेपाली नागरिकता लेखिएको देखिएको प्रहरी स्रोतको भनाइ छ।

दावाले रोल्पाकी अमला रोकासँग विवाह गरेका छन्।