काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी गरेको छ।
तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको छ।
महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता, कार्यकर्ताहरू केन्द्रीय कार्यालय पुगेका छन्। राप्रपा कार्यकर्ताहरूले सडकमा गाडी राखेर अवरोधसमेत गरेका छन्।
बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेको भन्दै महानगरले हटाउन राप्रपालाई गत शुक्रबार समय दिएको थियो।