दलित पत्रकार संघका महासचिव परस्त्रीसहित होटलबाट नियन्त्रणमा

दियोपोस्ट संवाददाता  

काठमाडौं । सरकारी संचार माध्यम गोरखापत्र दैनिकका एक पत्रकार होटलमा महिलासहित पक्राउ परेका छन् । गोरखापत्र दैनिकका सिनियर रिपोर्टर, राष्ट्रिय दलित पत्रकार संघका महासचिव तथा नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरको प्रतिष्ठान प्रदेश अध्यक्ष लक्ष्मण दर्नाल एक युवतीसहित ललितपुरको पाटनस्थित ‘न्यु मनकामना होटल एण्ड लज’बाट पक्राउ परेका हुन् ।

उनको श्रीमती, छोरी र छोरासहितको समुहले दर्नाल होटलमा परस्त्रीसँग रहेको सुचना प्रहरीलाई दिएपछि महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले दर्नालसहित गोरखापत्रकै एक जिल्ला संवाददातालाई समेत पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख श्याम कृष्ण अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको बताए । विस्तृत विवरण भने आफूलाई अहिले थाहा नभएको उनको भनाई छ ।
पीडितले भने दर्नाल र ती महिला विरुद्ध बहु विवाहको जाहेरी दिने तयारी गरेका छन् ।