अवैध सम्वन्ध लुकाउन आफ्नै आमाको हत्या, दुई भारतीयलाई १२ लाखको सुपारी !

दियो पोस्ट  

काठमाडौँ, असार १६ । भक्तपुरको चाँगुनारायण–७ बाँसबारीमा एक छोरीले आफ्नै आमाको हत्या गरेको भेटिएको छ । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्बर ५ घर भएका इश्वरी भट्टराई हाल बाँसबारी बस्दै आएकी र आइतबार सोही घरको भुईँतलामा आफ्नी ६१ बर्षीया आमा सावित्रि भट्टराईको घाँटी रेटेर हत्या गरेकी हुुन् ।

प्रहरीका अनुसार इश्वरीले आफ्नी आमालाई मार्नका लागि भारतीय गुण्डाहरुलाई सुपारी दिएका हुन् । आफ्नै आमालाई मार्नका लागि इश्वरीले रु १२ लाखको डिल गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार अभियुक्त इश्वरी भट्टराईको अवैध सम्वन्धको बारेमा उनकी आमाले थाहा पाएपछि कुरालाई बाहिर जान नदिन हत्या गरिएको थियो । इश्वरीले सिराहाको विष्णुपुर–१ घर भई हाल भक्तपुर सानोठिमी बस्दै आएका २३ बर्षिय मोहम्मद नौसादसंग अवैध सम्वन्ध राख्दै आएकी थिईन ।

आफुहरुको प्रेम सम्वन्ध मृतक सावित्री भट्टराईलाई थाहा भएपछि इश्वरीले आफ्नो प्रेमी नौसादसंग मिलेर उनको हत्याको योजना बनाएका थिए । नौसादले सावित्रिको हत्याका लागि भारतबाट अर्जुन कुमार उर्फ भोला कुमार र मोहम्मद रहिशलाई नेपाल बोलाएका थिए । सावित्रिलाई मार्नकै लागि इश्वरी र उनको प्रेमीले उनिहरुलाई १२ लाखको सुपारी दिएका थिए ।

हत्याको योजनाकार २७ बर्षीया इश्वरी भट्टराई

घरकै भुइँतलामा हत्या गरेर फरार भएका चारजनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । प्रहरीले सावित्रीको हत्यामा प्रयोग भएको चक्कुसमेत बरामद गरेको छ । पक्राउ परेकाहरुको थप अनुसन्धान भई कारवाही प्रक्रिया अगाडी बढेको महानगरिय प्रहरीको अपराध महाशाखाले जनाएको छ ।