धादिङवेशीमा ५० वटा पसलमा प्रहरीको ‘छापा’ : दर्जनौँ अखाध्य वस्तु बरामद गरी नष्ट !

दियो पोस्ट  

काठमाडौं, १६ असार । धादिङ प्रहरीले जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्ला स्थित सदरमुकाममा बजार अनुगमन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माको नेतृत्वमा प्रहरीले विभिन्न पसलबाट म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिएको छ ।
निलकण्ठ नगरपालिका ३ धादिङवेशीमा रहेका ५० वटा भन्दा बढी पसलमा प्रहरीले अनुगमन गरेको छ ।


प्रहरीले अनुगमनका क्रममा न्याद गुज्रिएको ९ थान विस्कुट, १ थान डेरिमिल्क, १७ थान नेस्को मिल्क, १४ प्याकेट मिट मसाला, ७ प्याकेट खजुरीको पप, १ प्याकेट दालमोट, ड्रई उड प्रयोग गरी प्रयोग गरी पकाइएको ३ केजी जेरी पकौडा, अजवाईन ६ प्याकेट, ६ प्याकेट अजरवाइन, ७ प्याकेट डाइजिन विस्कुट, १३ थान मण्चनट, १ थान पिठो दाल र मेमो मसला बरामद गरेको छ । नियन्त्रणमा लिएको वस्तु प्रहरीले नष्ट गरेको छ ।