जता काफल पाक्यो उतै चरी नाच्यो, किन गरे बाबुरामले यस्तो ट्वीट ?

दियो पोस्ट  

काठमाडौँ । तत्कालिन नयाँ शक्ति पार्टीका नेता देवेन्द्र पराजुली, कल्पना धमला र केन्द्रीय महिला संगठनकी अध्यक्ष मनु हुमागाईंसहित २० भन्दा बढी नेता–कार्यकर्ता नेकपामा प्रवेश गर्ने भए पछि शुक्रबार संघीय समाजवादी पार्टीका संयोजक बाबुराम भट्राईले ट्वीट मार्फत रोष प्रकट गरेका छन् । पराजुली र धमलालाई लक्षित गर्दै ट्वीट मार्फत उनले कटाक्ष गरेका हुन् ।

उनले भनेका छन्, यतिवेला जता काफल पाक्यो उतै चरि नाच्यो प्रवृती निकै मौलाउदैँछ । डनहरु ,व्यापारीहरु, क्रान्तिबाट थाकेकाहरु ,सत्ताघारी पार्टी पसेर रस चुस्न होडवाजी गर्दैछन् । सपाबाट नेकपा पस्न लागेका केहीले यता घुक्र्याएर पद लिने र उता अध्यक्षद्वयसँग अलगअलग बार्गेन गरेर राम्रै लाभ लिन लागेछन् । भलो होस् ।

बाबुरामकाे ट्वीट

तर, संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मान जनक नभएकोे भन्दै पराजुली, धमला लगायतका दर्जानौँ नेता नेकपामा प्रवेश गरेका हुन् । धमला डा। बाबुराम भट्टराई नेतृत्वको सरकारमा विज्ञान तथा प्रविधि मन्त्री थिइन् ।

उनीहरुलाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमका बीच पार्टी प्रवेश गराएका थिए ।