काठमाडौँ, असार २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघिय समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईमाथि भ्यागुताको ब्यंग्य गरे । तात्कालिन नयाँ शक्तिमा रहेका नेतृ तथा पुर्वमन्त्री कल्पना धमला लगायतका केन्द्रिय नेताहरु बाबुरामलाई त्यागेर नेकपामा आएपछि पार्टी प्रवेश गराउँदै प्रधानमन्त्री ओलीले डा. भट्टराईको ब्यंग्य गरेका हुन् । उनले भ्यागुताले जोड संग भुडी फुल्याउदा भुडि नै फुटेको कथा सुनाएका थिए । त्यस्तै उनले डा. भट्टराईको पिएचडीमाथि समेत प्रहार गरे ।
जवाफमा डा. बाबुराम भट्टराईले सामाजिक संजालमा निदुलीको कथा लेखेका थिए र उक्त कथा प्रधानमन्त्री केपी ओलीमाथि सुहाउने बताएका छन् । कथामा एक सामान्य व्यक्ति काकताली परेर ठुलो ज्योतिष कहलिन पुगेका हुन्छन् । यस्तो छ सामाजिक संजालमा डा. भट्टराईले लेखेको सामाग्री –
हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ । त्यो संगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि? कथा यस्तो छ–निदुली बाहुन साँझमा ससुराली पुगेछन्।
सासू भित्र सेलरोटी पकाउँदै रहिछन्।ज्वाइँ बाहिर पिंढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन्प । काइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछ ज्वाइँले भनेछन् – रोटी पाके दुइ बीस चार, ज्वाइँका भागमा किन चार?’ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन्।गाउँमा धोबीको गधा हराएको रहेछ।धोबीले ज्वाइँसंग हराएको गधा पत्ता लगाइदिन भनेछन । अब पर्यो फ़साद ! भोलिपल्ट विहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबैसुतेपछि ज्वाइँले टाप कसेछन्।
भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन् । के खोज्छस् दृष्टिविहीन,आँखा । ज्वाइँ ससुराली घर फर्केर सुतेछन । भोलीपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन । अब के चाहियो ? निदुलीको ख्याति राजदरबारसम्म पुगेछ।राजाले दरबारमा बोलाएछन् र हराएका हीरा–जवाहरत पत्ता लगाउन भनेछन्।बस्न कोठा दिएछन् । अब पर्यो महाफसाद । भागौं, पहरा छ । कोठामै बर्बराएछन् ‘रोटी गनीगनी जैसी कहाएँ, धोबीको गधा उखुवारी पाएँ, अब आयो निदूली तेरै काल’ पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ । उसको नाउँ पनि निदूली रहेछ । उसले रूँदै आएर भनिछ, ‘बाजे मेरो ज्यान बचाइदिनोस्, हीरामोती मैले चोरेर फलानो ठाउँमा राखेकी छु।’ निदूली राजज्योतिषी बनेर धनधान्य भएछन । अब आफै बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो ।