स्याङजाको गल्याङमा पानीमा डुबेर ८ बर्षीय बालकको मृत्यु

दियो पोस्ट  

काठमाडौँ, असार २२ । स्याङजाको गल्याङमा ८ बर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ । शुक्रबारदेखि वेपत्ता भएका ८ बर्षका बालक सुदन भट्टराईलाई शनिबार विहान गल्याङको आधि ड्याममा मृत अवस्थामा भेटिएको हो ।

बिहान करिब सात बजे आधिखोलाको ड्यममा भेटिएका ८ बर्षका भट्टराई गल्याङमा रहेको श्री चिराग आवासीय माबिमा कक्षा दुई पढ्दै आएका थिए ।

घटनास्थल पुगेर प्रहरीहरुले मुचुल्का उठाइरहेका छन् । केही बेरमा सुदनको मृत शरीरलाई पोस्टमार्टमको लागि वालिङ पठाइने गल्याङ प्रहरी चौकीका सहायक प्रहरी निरिक्षक धनबहादुर राउतले जानकारी दिएका छन् ।