काठमाडौँ, असार २३ । कोपा अमेरिका अन्तर्गत चिलिविरुद्धको खेलमा अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले रातो कार्ड खाएका छन् । प्रतियोगिताको तेस्रो स्थानको लागि भएको खेलमा मेस्सी र चिलिका गेरि मेडलको झगडा भएपछि दुबै जनालाई रेफ्रिले रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए ।
मेस्सीले आज पाएको रातो कार्ड करियरकै दोस्रो रातो कार्ड हो । मेस्सीले १४ बर्षअघि हंगेरीरिुद्धको खेलमा पहिलो रातो कार्ड पाएका थिए । त्यतिबेला उनि केबल ४४ सेकेण्डमात्र मैदानमा रहन पाए ।
कोपा अमेरिकाबिरुद्धको खेलको ३७ औँ मिनेटमा मेस्सी र गेरिले रातो कार्ड पाएका हुन् । दुबै टीम १०÷१० जनामा सिमित भएको थियो । खेलमा अर्जेन्टिना २–० गोलअन्तरले विजयी भइ कोपा अमेरिकाको जारि सिजनमा तेस्रो भएको छ ।

खेलको १२ मिनेटमा सर्जियो एगुइरो र २२ औँ मिनेटमा पाउलो डिबालाले गोल गरेका थिए । चिलिका तर्फबाट ५९ औँ मिनेटमा अर्टुरो भिडालले गोल गरेपनि हार टार्न सकेन । पछिल्लो सिजनको कोपा अमेरिकामा अर्जेन्टिनालाई पराजित गर्दै चिल्ली च्याम्पियन बनेकोे थियोे ।