
काठमाडौँ, असार २२ । विभिन्न वहाना गर्दै केन्द्र सरकारले भारतबाट आउने तरकारीमा विषादी परिक्षणको कार्यलाई स्थगित गरेपनि एक नम्बर प्र्रदेश सरकारले भने विषादी परिक्षणको काम सुचारु गर्ने भएको छ ।
आइतबार प्रदेश नम्बर एक अन्तर्गतको भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयले विज्ञप्ति जारी गर्दै तरकारी तथा अन्य कृषी उत्पादनमा विषादी प्रयोग गरिएको अथवा नगरिएको परिक्षण गर्ने जानकारी दिएको छ ।
प्रदेश एकमा विषादी परिक्षणको काम भोली (सोमबार) देखि नै शुरु हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै सम्पुर्ण कृषक तथा व्यवसायीहरुलाई तरकारी तथा अन्य कृषीजन्य उत्पादनहरुको परिक्षण गर्नको लागि आह्वान समेत गरिएको छ ।
विज्ञप्ति
