सिरिञ्ज आक्रमणमा संलग्न रहेकोे आशंकामा एकजना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । काभ्रेको बनेपाबाट सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन्। सोमबार बनेपास्थित चार दोबाटोबाट स्याङ्जाका खगेन्द्र प्रसाद पाठकलाई पक्राउ गरिएको हो।

लोकसेवा आयोगको परीक्षा तयारीका क्रममा काभ्रेमा बस्दै आएका उनीमाथि स्थानीयले सिरिन्ज आक्रमणमा संलग्न रहेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। काभ्रेमा करिब दुई साताअघि एक युवतीमाथि सिरिनज आक्रमण भएको थियो।