SONY DSC
काठमाडौँ, असार २३ । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले बजारमा तरकारीको हाहाकार मच्चिन थालेपछि भारतको तरकारी ल्याइएको बताएका छन् । सोमबारको राष्ट्रिय सभामा बोल्दै मन्त्री यादवले आफुहरु भारतसंग झुकेको अथवा डराएको नभई तरकारी अभाव र भाउ आकाशिन थालेपछि विषादी परिक्षण रोकेको बताएका छन् ।
जसले सरकारलाई भारतसंग झुकेको आरोप लगाएका तिनिहरु नै भारततर्फ झुकेको प्रत्यारोप लगाएका छन् । मन्त्री यादवले भारतसंग लड्ने भिड्ने अथवा झुक्ने भन्दा पनि डिल गर्ने बताएका छन् ।
प्रतिपक्षले सरकारको अनावश्यक आलोचना गरेको भन्दै उनले प्रतिपक्षलाई रचनात्मक हुन सुझाव दिए। उनले तराकारी र फलफूलको विषादी परीक्षणको निर्णय फिर्ता सरकार आफैले गरेको र यसमा कसैको दाबाब नरहेको भन्दै उनले हावाका भरमा नउफ्रन सांसदहरुलाई आग्रहसमेत गरे।
मन्त्री यादवले तत्कालका लागि नेपालसँग विषादी परीक्षण गनै क्षमता नै नभएको बताए। कृषि मनत्रालयले क्षमता नै नहरी निर्णय गरेका कारण सरकारले फिर्ता लिनुपर्ने अवस्था आएको उनको भनाइ थियो। उनले सीमा नाकामा विषादी परीक्षण गर्ने मेसिन नै नभएको भन्दै यस्तो अवस्थामा निर्णय कार्यान्वयन गरिराख्नु भनेको आफैँमाथि नाकाबन्दी गरिरहनु सरह भएको दावी गरे।
‘हामी कसैको दबाबमा परेका छैनौँ र पर्ने पनि छैनौं’, मन्त्री यादवले भने, ‘व्यवहारबाट के देखियो भने हामी आफैं नाकाबन्दी गर्नेतिर गएजस्तो भयो।’ उनले भने, बजारभाउ बढ्न थालेपछि र बजारमा तरकारीको अभाव हुन थालेपछि फिर्ता लिने निर्णय गरिएको हो।’