वडा कार्यलयमा विप्लव समुहको आगजनी, आगो निभाउन गएका इन्सपेक्टर घाइते

दियो पोस्ट  

बर्दिया, असार २४ । बर्दियाको गेरुवा गाउँपालिका वडा नं ६ को कार्यलयमा विप्लव समुहले आगजनी गरेका छन् । सोमबार राति विप्लव समुहका कार्यकर्ताहरुले वडा कार्यलयमा आगजनी गरेका हुन् ।

आगो नियन्त्रण गर्न पुगेका प्रहरी इन्सपेक्टर यम बहादुर मल्ल घाइते भएका छन् । आगो निभाउँदै गर्दा वडा कार्यलयको छत खसेर थिचेपछि इन्पेक्टर मल्ल घाइते भएका हुन् । उनको नेपालगंजमा उपचार भइरहेको छ ।

आगजनीबाट वडा कार्यलय पुर्ण रुपमा क्षति भएको छ भने वडा कार्यलयमा रहेका सबै महत्वपुर्ण फाइलहरु जलेर नष्ट भएका छन् । आगजनी गर्नेहरुको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।