हङकङमाथि सानदार जीत हात पार्दै नेपाल यू–१९ एसिया कपमा छनोट

हङकङमाथि सानदार जीत हात पार्दै नेपाल यू–१९ एसिया कपमा छनोट

काठमाडौँ, असार २४ । एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को उपाधी जित्दै नेपाली क्रिकेट टोली यू–१९ एसिया कपमा छनोट भएको छ ।

एशिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

सोमबार मलेसियाको किनरारा ओभलमा भएको फाइनल खेलमा नेपाल हङकङ विरुद्ध ६ विकेटले विजयी भएको थियो । हङकङले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालको सुरुवात राम्रो थियो । लञ्ज अघि ५ ओभरमा ४४ रन बनाएको नेपालले ५२ रन बनाउँदा ऋत गौतमलाई गुमायो । उनी १३ रनमा आउट भए ।

३९ रनमा आउट हुनुअघि पवन शरार्फले खडकबहादुर बोहोरासँग २४ रनको साझेदारी गरे । बोहराले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल १२ रन जोडे ।पहिलो ब्याटिङमा उत्रेको हङकङ ४३.१ ओभरमा मात्र ९५ रन मा समेटियो ।

हङकङलाई सस्तोमा समेट्न नेपालका लागि सागर ढकालले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिए ।

त्यस्तै, कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारी १–१ विकेट लिए ।

हङकङका लागि कप्तान अदित गोरावाराले २४ रन बनाए भने कलहान मार्क चालुले १९ रन बनाए ।

Facebook Comments

Trending News