काठमाडौँ, असार २५ । मदन पुरस्कार–२०७५ का लागि सात पुस्तकहरु छनोटमा परेका छन् । मदन पुरस्कार गुठीले बुधबार मदन पुरस्कारका लागि छनोटमा परेका कृतीहरुको सुचि सार्वजनिक गरेको छ ।
गुठीले सार्वजनिक गरेको सुचिको पहिलो नम्बरमा सानु शर्माको ‘एकादेशमा’ रहेको छ । त्यसपछि विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ रहेको छ । त्यस्तै तेस्रो नम्बरमा कुमार नगरकोटीको ‘ज्ञ’ रहेको छ । त्यस्तै, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पनि उत्कृष्ट सातमा परेका छन् ।
कुल २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा सर्ट लिस्टिङ गरिएको जनाएका छन् । गत वर्षको मदन पुरस्कार ‘योगमाया’ले प्राप्त गरेको थियो । मदन पुरस्कारको राशी २ लाखको रहेको छ ।