विषालु च्याउ खाएर धादिङका जनक नेपालीको मृत्यु

दियो पोस्ट  

काठमाडौँ, असार २५ । जंगली च्याउ खाएर धादिङका एक युवकको मृत्यु भएको छ । ललितपुर बसेर निर्माण क्षेत्रमा काम गर्दै आएका निलकण्ठ नगरपालिका–५ टारुखर्क घर भएका जनक नेपालीको मृत्यु भएको हो ।

ललितपुरको लुभुको जंगलबाट ल्याइएको च्याउ खाएपछि बेहोस भएका जनकलाई उपचारका लागि कलंकीस्थित मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो । उनको उपचारको लागि मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रहरीका अनुसार जनकसहित अन्य तीन जनाले पनि च्याउ सेवन गरेको तर उनिहरुको अवस्था खुल्न सकेको छैन ।