
काठमाडौँ, असार २५ । नेपाली चलचित्रकी अभिनेत्री शिल्पा पोखरेलले आफ्नौ श्रीमान छवीराज ओझाबाट असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । पोखरेलले श्रीमानबाट असुरक्षा भएको भन्दै शान्ति सुरक्षा पाउँ भनि महानगरिय प्रहरी परिसर काठमाडौँमा उजुरी दिएकी हुन् ।
पछिल्लो समय छबिराज ओझा र शील्पा पाखरेलबिच खटपट भएको थियो । महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । उनको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ ।
नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए । उक्त चलचित्रको समयदेखि नै उनीहरुको प्रेम चर्चा सुरु भएको थियो ।
उनीहरु दुवैले सोही समय नै बिबाह गर्ने बताएका थिए । त्यसयता शिल्पाले छविराजको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।शिल्पासँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग बिबाह भइसकेको थियो । रेखा थापा छविराजको तेस्रो श्रीमती थिइन् ।