काठमाडौँ, असार २५ । इंग्ल्याण्डमा जारि आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले भारतसामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार भएको खेल बर्षाका कारण रोकिएपछि बुधबार ३ बजेपछि बाँकी खेल खेलाइएको थियो । न्युजिल्याण्डले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको छ ।
न्यूजिल्याण्डको शुरुवाती खेल निकै संघर्षपुण रहेको थियो । खेलको ४ ओभर सक्किँदा समेत न्युजिल्याण्डले २ रन मात्र बनाएको थियो । शुरुवाती ब्याट्सम्यान मार्टिन गुप्तिल एक रनमै आउट भए । उनि जस्प्रित बुमराहको बलिङमा विराट कोहलीले क्याच गरेपछि पवेलियन फर्केका हुन् ।
न्यूजिल्याण्डका लागि सर्वाधिक रन रोस टेलरले बनाए । उनले ९० बलमा ३ चौका र छक्कासहित ७४ रन बनाए । कप्तान केन विलियमसनले ६७ रन बनाएर पवेलियन फर्के । उनलाई पवेलियन फर्काउन उजबेन्द्र चाहलको बलिङमा रबिन्द्र जदेजाले क्याच गरेका थिए । अन्य खेलाडीहरुमा हेनरी निकोलसले २८ रन बनाए भने कोलिन दे ग्रेन्दोमले १६ रन बनाए ।
भारतका लागि भुवनेश्वर कुमारले सर्वाधिक ३ विकेट लिए । त्यस्तै जस्प्रित बुमराह, हार्दिक पाण्डेय, रबिन्द्र जदेजा र उजुवेन्द्र चाहलले एक÷एक विकेट लिए । दोस्रो इनिङमा ब्याटिङ गर्न रोहित शर्मा र केएल राहुल क्रिजमा उत्रिएका छन् । रोहितले जारि विश्वकपमा सर्वाधिक सतक प्रहार गरेर कीर्तिमानी कायम गरिसकेको छ । आजको खेलको विजेताले अस्ट्रेलिया र इंग्ल्याण्ड बिच भोली हुने खेलको विजेतासंग फाइनल खेल्ने छ ।