आईफा अवार्डकाण्ड : सुरज बैद्य र उनकी भारतीय श्रीमतीले प्रधानमन्त्रीलाई फसाएको खुलाशा !

दियो पोस्ट  

काठमामडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा टोयटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सुरज बैद्य प्रधानमन्त्री केपी शर्मा ओलीका अघोषित सल्लाहकार जस्तै छन् ।

विवादास्पद आईफा अवार्ड नेपालमा गर्ने भनेर एक अर्ब बजेट छुट्याउन लगाउने रणनीति बैद्यकै हो । भारतीय मोडल रितु सिंह बैद्यकी श्रीमती हुन् । तिनै रितु सिंहको सल्लाहमा आईफा अवार्ड आयोजना गर्न प्रधानमन्त्रीलाई कन्भिन्स गर्ने काम बैद्यले नै गरेका थिए ।


भारतीय कलाकार ल्याएर अनाहकमा एक अर्ब नेपालको बजेट खर्च गर्दा नेपाललाई के फाइदा हुन्छ भन्ने कुरा समेत ख्याल नगरी प्रधानमन्त्री ओलीलाई विवादमा ल्याउने काम बैद्यले गरेका थिए । आईफा अवार्डलाई एक अर्ब दिने कुराको चर्को विरोध भएपछि प्रधानमन्त्री ओली पछि हटेका छन् । आईफा अवार्ड तत्काललाई नहुने भएपनि व्यपारी बैद्य भने अभैm त्यो अवार्ड गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई पुनः विवादमा ल्याउन खोजिरहेका छन् । आजको युनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।


एक अर्ब रुपैयाँले ८ मेगावाटको सम्मको जलविद्युत आयोजना बन्न सक्छ । त्यसबाट राष्ट्रलाई दिर्घकालिन फाइदा हुन्छ । त्यसैगरी व्यापारी बैद्यले प्रधानमन्त्री ओलीलाई प्रभावमा पारी देशहितविरुद्धका निर्णय गराउन थालेका छन् । प्रधानमन्त्री ओलीले पर्यटनको क्षेत्रमा कुनै योगदान र अनुभव नभएका बैद्यलाई नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रिय कार्यक्रम संयोजक बनाएका छन् । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना अगाडि सारेका प्रधानमन्त्री ओलीले पर्यटनको ‘प’ पनि थाहा नभएका बैद्यलाई संयोजक बनाएका छन् । यसले प्रधानमन्त्रीको २० लाख पर्यटक भित्र्याउने योजना पूरा हुनेमा आशंका प्रकट गरिएको छ ।


प्रतिष्ठित पर्यटन व्यवसायीहरु हुँदाहुँदै बैद्य जस्ता पर्यटनको क्षेत्रमा योगदान नै नभएका व्यक्तिलाई संयोजक बनाएकोमा असन्तुष्टि व्याप्त छ । भ्रमण वर्ष २०२० सुरु हुन ५ महिना मात्र बाँकी छ । तर, तयारी सुन्य छ । पर्यटक आकर्षित गर्ने व्यवसायीहरुसँग बैद्यको कुनै खालको समन्वय छैन । उनी कसैलाई चिन्दैनन् । प्रधानमन्त्रीले बैद्य जस्तालाई संयोजक बनाएपछि भ्रमण वर्ष पनि असफल हुने चिन्ता पर्यटन क्षेत्रमा व्याप्त छ ।


बैद्यको सल्लाह मान्दा प्रधानमन्त्री ओली एकपछि अर्को विवादमा पर्दै गएका छन् । बैद्यकै सल्लाहमा नेपाल वायु सेवा निगमका लागि चिनियाँ जहाज ल्याइयो । तर, ती जहाज उडाउनै नसक्ने अवस्थामा छन् । ती जहाज यति खर्चिला रहेछन् कि निगमलाई सेतो हात्ती सावित भएका छन् । बैद्य प्रधानमन्त्री ओलीका सल्लाहकारकै हैसियतमा बालुवाटारमा हैकम जमाएर बसेका छन् । आङछिरिङ शेर्पाको मृत्युपछि व्यापारी बैद्य प्रधानमन्त्री ओलीमाथि हावी भएका छन् । बैद्यकै कारण आईफा जस्तो अलोकप्रिय निर्णय गर्दा प्रधानमन्त्री ओली अप्ठेरोमा परेका हुन् ।

वाइडबडीदेखि सबै विमान बिक्री गर्ने पक्षमा प्रधानमन्त्री ओली


काठमाडौं । हवाई माफियाहरु नेपाल वायुसेवा निगमलाई टाट पल्टाउन लागिपरेको विभिन्न घटनाक्रमबाट पुष्टि भएको छ । उनीहरुले त्यसका लागि पर्यटन मन्त्रालयदेखि प्रधानमन्त्रीको नाम समेत विवादमा ल्याउन थालेका छन् । हवाइ माफियाको डिजाइन अनुसार पर्यटन सचिवमा ल्याइएका मोहनकृष्ण सापकोटाले प्रधानमन्त्रीको नाम लिंदै निगमका सबै जहाज बिक्री गरेर ऋण तिर्ने प्रस्ताव अर्थसमितिको बैठकमा राखेका छन् ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सापकोटाले नेपाल वायुसेवा निगमका वाइडबडीदेखि न्यारोबडी सबै विमान बिक्री गर्नुपर्ने प्रस्ताव २०७६ असार २७ मा बसेको अर्थसमितिको बैठकमा राखेपछि हवाई माफियाको प्रभाव कहाँसम्म छ भन्ने देखिएको छ । लेखासमितिले निगमलाई इन्जिन खरिदको ठेक्का निश्चित कम्पनीलाई दिन निर्देशन दिएका कारण त्यो प्रक्रिया नै अलपत्र छ । यही बेलामा सचिव सापकोटाले निगमका सबै विमान बिक्री गर्नेदेखि रणनीतिक साझेदार भित्र्याएर ऋण तिर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन छ भनेर हवाई माफियाको डिजाइन अनुसार खुलासा गरेका छन् ।


निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने जहाज नै बिक्री गर्नु नपर्ने, तर तत्काल सरकारले २० अर्ब दिएको खण्डमा मात्र ऋण तिर्न सकिने, नत्र नसकिने कुरा राखेका थिए । तर, सचिव सापकोटाले व्यवस्थापन सुधार नभएसम्म एक पैसा पनि ऋण दिन नसक्ने प्रधानमन्त्रीको निर्देशन छ भन्दै टकटकिएका थिए । निगमको ३७ अर्ब ऋण छ । २० अर्ब सरकारले दिएको खण्डमा चीन, यूरोप र जापानमा उडान भएपछि बिस्तारै १७ अर्ब तिर्न सकिने कुरा खरेलले समितिमा राखेका थिए । तर, सचिव सापकोटा विमान बिक्री गर्नुपर्ने पक्षमा खुलेरै लागेका थिए ।


त्यसको जवाफमा अर्थसमितिका सदस्यसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यक्ष र सचिवकै कुरा बाझ्यो भनेका थिए । सरकारदेखि लेखासमितिलगायत संसदीय समिति कतैबाट सहयोग नपाएको निगमले अहिले पनि अरु विमान कम्पनीको भन्दा बढी यात्रु ओसारेको छ । जसका कारण नेपालको पर्यटन उद्योगमा ठूलो टेवा पुगेको छ ।