सेयर बजारमा हरियाली, नेप्से ५७.६१ अंकले बढ्यो

दियो पोस्ट  

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारमा गत साता सकारात्मक माहोल देखिएको थियो । निरन्तर घतिरहेको सेयर बजारमा रौनकता फर्कदा लगानीकर्ताहरु उत्साहित देखिएका छन् ।

आज सेयर बजार २.८४ प्रतिशतले बढेको छ । यस दिन १३ वटै सूचक सकारात्मक छन् । आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य घटेको छ ।

१५० प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय गरेको ङादी ग्रुप पावरको सर्वाधिक २२ करोड २८ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सम्बन्धित खबर