कांग्रेस नेता सिबि लामाद्वारा सञ्चालित पशुपति सहकारी समस्याग्रस्त : बचत फिर्ता नभएपछि उजुरी

दियो पोस्ट  

काठमाडौं । जमलमा केन्द्रीय कार्यालय रहेको पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले विगतका केही वर्षदेखि मुद्दती बचतमा रकम राखेका सदस्यहरुको परिपक्व रकम माग्दा पनि फिर्ता नगरेको थाहा भएको छ । सहकारीका अध्यक्ष सीबी (चन्द्रबहादुर) लामाले बचतकर्ताहरुलाई भोलि भोलि भन्दै अल्मल्याउँदै आएको र उजुरी गरे रकम नै नदिने भनी उल्टै धम्की दिने गरेको थाहा भएको छ । सीबी लामाले रकम फिर्ता नदिएको भनी दुई वर्षअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा परेको उजुरी पनि सौदाबाजीमा भित्रभित्रै दबाइएको थाहा भएको छ ।

सुदीप गिरी सीआईबीमा हुँदा पशुपति सहकारीका लामा पीडितहरु सीआईबीमा पुगेका थिए । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको टिकटबाट काभ्रेमा प्रदेशसभामा पराजित लामा बीपी पुत्र शशांक कोइरालाको नाम भजाएर जोगिँदै आएको थाहा भएको छ । पशुपति सहकारीले बचतकर्ताहरुको करोडौँ रुपैयाँ फिर्ता गरेको छैन र उक्त रकममा लामाले आफ्नो नाममा घर जग्गा खरिद गरेको बुझिएको छ । बचतकर्ताको रकम तिर्न नसकेर लामा उनीहरुलाई छलेर हिँड्ने गरेको थाहा भएको छ ।

आज प्रकाशित आर्थिक दैनिकमा खबर छ ।

सम्बन्धित खबर