मिटरब्याज लगाएर गुण्डागर्दी गर्ने मेनपावर संञ्चालक खगेन्द्र गुरुङ पक्राउ

दियो पोस्ट  

काठमाडौं । मिटरब्याज लगाएर सर्वसाधारणलाई साँवाभन्दा आठ गूणा बढी पैसा असुल्ने मेनपावर संञ्चालक खगेन्द्र गुरुङ पक्राउ परेका छन् । बुधबार (आज) काठमाडौं प्रहरीले राजधानीको सिंनामलस्थित मिमोसा ओभरसिज प्रा.लि संञ्चालन गर्दै आएका गुरुङलाई पक्राउ गरेको हो ।

एकजना पीडितले लामो समयदेखि चर्काे मिटरब्याज लागाएर साँवाभन्दा आठ गुणा बढी पैसा असुलेको भन्दै जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् । गुरुङले गाडीसमेत कब्जा गरेको पीडितको आरोप छ ।