विश्व ‘हरित ऊर्जा’ प्रवद्धधनमा केन्द्रित हुनुपर्छः ऊर्जामन्त्री भुसाल

दियो पोस्ट  

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘हरित ऊर्जा’का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसरहरू पहिल्याउनुपर्ने बताएकी छन् ।

उनले जलवायु वित्तको जोहो गरेर विश्व ‘हरित ऊर्जा’को प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिइन् । ‘कोप–२७’ तयारीका लागि थाइल्याण्डको बैंककमा आज आयोजित ‘जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य प्राप्तिको प्रयासमा लगानी परिचालनसम्बन्धी मञ्च’ बैठकको ‘हरित ऊर्जाका लागि जलवायु वित्त लगानी’ विषयक सत्रमा भर्चुअल सम्बोधन गर्दै मन्त्री भुसालले भनिन, “स्वच्छ ऊर्जाको प्रवद्र्धनमा विश्व केन्द्रित हुनुपर्छ, त्यसका लागि सामूहिक रूपमा जलवायु वित्तको जोहो गर्न आवश्यक छ ।”

उनले विशिष्ट भौगोलिक बनोट र जलवायु–संवेशनशील जीवन शैलीका कारण नेपाल जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको उल्लेख गरेकी हुन् ।

अतिकम विकसित मुलुक भएर पनि नेपालले ‘१।५ डिग्री तामक्रम’को लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै मन्त्री भुसालले विश्वका मुलुकले कार्बन उत्सर्जन न्यूनीकरणका लागि महत्वकांक्षी लक्ष्य लिएर काम गर्नुपर्ने बेला आएको बताएकी छन् ।
वार्षिक ऊर्जा खपत दरलाई आधार मान्ने हो भने नेपालमा उत्पादन भएको जलविद्युत बढी हुने उल्लेख गर्दै उनले आगामी सन् २०२५ देखि नेपाल वर्षभरी नै जलविद्युत निर्यात गर्ने मुलुक बन्ने जानकारी गराइन् । खपत गरेर बाँकी भएको ऊर्जा ‘हरित हाइड्रोजन’ उत्पादनमा प्रयोग गर्ने तयारी गरिएको बताउँदै मन्त्री भुसालले ग्रीन हाइड्रोजनका लागि उपयुक्त पहल गरिरहेका समेत बताइन् ।