आइपेको खण्डन : ‘अडुकियाको छोरी र सुशिल पन्तको छोराको लगानी छैन’

दियो पोस्ट  

काठमाडौं । १ सय ५५ किलो सुन तस्करी प्रकरणमा मुछिएको आइपे रेमिट नामक कम्पनिले दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेको छ । कम्पनिका तर्फबाट रुपेश श्रेष्ठले प्रेसित गरेको खण्डन लेटरहेड रहेपनि हस्ताक्षरकर्ताको नाम उल्लेख छैन । यद्धपी यसअघि १५५ किलो सुन तस्करी प्रकरणमा राकेश अडुकिया र अधिवक्ता सुशिल पन्तको परिवार संलग्न रहेको विषय तथ्यगत नभएको उनीहरुको दाबी छ ।
‘कम्पनी रजिष्ट्रारको कार्यालय शेयर दर्ता प्रक्रिया सम्पन्न गरि स्थापित यस कम्पनीमा समाचारमा सम्प्रेषण भएको जस्तो राकेश अडुकिया र निजको छोरी तथा सुशिल पन्तका छोराको नाउँमा कुनै पनि प्रकारको शेयर नभएको स्पष्ट पार्दछौँ,’ प्रेसित खण्डनमा भनिएको छ ।

तर, नेपालमा कम्पनि मोडलमा हुने ठगी तथा अपराधमा शेयर लगतमा एउटाको नाम हुने र अपराधमा भने अर्कैको संलग्नता देखिँदै आएको छ । १ सय ५५ किलो सुन भित्र्याउने रेडि ट्रेड नामक कम्पनि एक मजदुरको नाममा रहेको छ । तर, उक्त तस्करीमा उनको संलग्नता छैन । भारतीय व्यापारी राकेश अडुकिया लगायत व्यापारीले विभिन्न स्थानमा गोदाम बनाएर तस्करी गरेको घटना अहिले छानबीनको दायरामा आएको छ ।
बैंक ग्यारेन्टी दिँदा ब्रेक तथा मोटर साइकलको पार्टपुर्जाका लागि दिइएका हुन्छन् । कागजी रुपमा ब्रेक सु नै भनेर विमानस्थलमा भित्रिएको हो । तर, यथार्थमा भने सुन भेटिएपछि यसको लेनदेन कसरी भयो भन्ने विषय समेत छानबीनमा आउनु पर्ने हो । तस्करहरुले नेपालमा रहेका रेमिट कम्पनिहरुलाई प्रयोग गरेर हङकङ र दुबई लगायत अन्य मुलुकमा रहेको श्रमिकको रकम उतै होल्ड गरेर तस्करी मार्फत आउने वस्तुमा लगानी गर्छन् । यता नेपालमा रहेको रेमिट मार्फत यस्तो धन्दाको व्यवस्थापन गर्छन् ।

TATA ADD

सिफारिस