यी हुन् माओवादी केन्द्रको केन्द्रीय समितिमा थपिएका २२ जना महिला (नामसहित)

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २२ जना महिला थप गरेको छ । योसँगै माओवादी केन्द्रीय कमिटी ४०७ सदस्यीय बनेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न माओवादीले २२ जना महिला थपेको हो । थपिएका केन्द्रीय सदस्यहरु शुक्रबारदेखि केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।

यसअघि अध्यक्ष पुष्पकमल दाहालले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए ।

यी हुन् थपिएका सदस्य

– आङदावा शेर्पा
– इन्दिरा अधिकारी
– उमा कपाली
– उर्मिला विक
– गंगा खड्का
– गिताकुमारी कँडेल चौलागाई
– गिता शाही
– छमकुमारी खनाल
– दिलमाया बुढामगर
– निरमाया श्रीस
– निशा न्यौपाने
– पार्वती थापा
– भगवती तिवारी
– मोतिकली चलाउने
– कुमारी पुन
– लिला शर्मा
– सपना परियार
– सिता दाहाल
– सुशीला घिमिरे
– सुशीला पौडेल
– सूर्यकुमारी विक
– सरु चौधरी