काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको साततले पुगेका छन् ।
बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका–७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन लागेको हो । खोला माथिको स्ल्याब हटाउन डोजरसहित महानगरको नगरप्रहरीको टोली पुगेका हुन् । यो गगन थापाको निर्वाचन क्षेत्र हो ।
गत वर्ष कपन खोलाको ढलमा खसेर एक बालकले ज्यान गुमाएका थिए । केही दिन अघि काठमाडौं महानगरपालिकाले सामाखुसी खोला खुला गरेको थियो ।
स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयहरुबीच झडप भएपछि महानगरको-७का वडाध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाको मेयर बीच वार्ता भइरहेको नगरप्रहरी निरीक्षक शिव ढकालले बताए ।