मानव तस्करी प्रकरणमा मुख्यमन्त्री जमकट्टेलका प्रेस विज्ञले निकालेको विज्ञप्तिमा झूटै झूट !

दियो पोस्ट  

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रेस विज्ञ बताउने राजन अधिकारीले दियोपोस्टमा प्रकाशित समाचार खण्डन गर्दै सार्वजनिक गरेको विज्ञप्ति झूटको पुलिन्दा रहेको देखिएको छ ।
मानव तस्करीमा मुछिएका रुद्र अधिकारीसँग भेट गरेको विषयमा उनले सार्वजनिक गरेको विज्ञप्तिमा मुख्यमन्त्रीले २ पटकसम्म भेट गरेको उल्लेख छ । तर, तस्विरमा भने उनले तीन पटकसम्म भेटेको तथ्यले देखाएको छ । मुख्यमन्त्री कार्यालयमा मात्रै २ पटक भेटेको दाबी गर्ने उनका विज्ञ प्रेस सल्लाहकारले आफ्नै मुख्यमन्त्रीले अन्य विभिन्न लोकेशनमा भेटेको विषय भने लुकाएका छन् ।

 


दियोपोस्टलाई प्राप्त तस्विर अनुसार मुख्यमन्त्री जमकट्टेलले हेटौँडा स्थित मुख्यमन्त्री कार्यालयमै भेटेको जस्तो देखिने एउटा तस्विर प्राप्त भएको छ । यद्धपी तस्विर एउटा प्राप्त भएपनि मुख्यमन्त्रीकै विज्ञ सदस्यले २ पटकसम्म भेट गरेको दाबी गरेका छन् ।

त्यस्तै अन्यत्र जस्तो देखिने अन्य २ तस्विर समेत फेला परेको छ । पीडितहरुले मुख्यमन्त्री जमकट्टेलसहितलाई जाहेरी दिने तयारी गरेपछि आतंकित बनेको उनको सचिवालयले विज्ञप्तिका क्रममा विभिन्न विषयमा चिप्लिएको छ ।
दियोपोस्टमा प्रकाशित समाचारको खण्डनका गर्दै सार्वजनिक भएको विज्ञप्ति अनुसार मुख्यमन्त्री जमकट्टेल र अधिकारीबीच दुई पटकसम्म विभिन्न योजनाका विषयमा भेट भएको बताइएको छ । जबकी विभिन्न योजना भनेको कस्तो हो भन्ने खुलाइएको छैन ।


कोरिया पठाउँछु भन्दै २ सय भन्दा बढी युवालाई ठगी गरेको अभियोग लागेका अधिकारीसँग विभिन्न योजनाका विषयमा समेत कुराकानी भएको अधिकारीले दाबी गरेका छन् । उनले सार्वजनिक गरेको विज्ञप्तीले दियोपोस्टमा प्रकाशित समाचारलाई पुष्टि गर्न सघाउ पुर्याएको छ । काभ्रे घर भएका अधिकारीले दक्षिणकाली नगरपालिकाका विभिन्न प्रतिनिधिलाई लिएर मुख्यमन्त्री कार्यालयमा पुगेको भन्दै उक्त समयमा बस तथा विभिन्न योजनामा माग भएको उल्लेख गरेर विषयलाई अन्यत्र मोड्ने कोशिस गरेका छन् ।

उनले अधिकारीले मुख्यमन्त्रीसँग भेट गरेपनि राजदूत बनाउने कुरा र कोरिया कामदार लाने कुरा नगरेको दाबी गरेका छन् । ‘यदि रुद्र अधिकारी वा अरु कसैले मुख्यमन्त्रीज्युको नाम लिएर त्यस्तो गतिविधि गरेको भए तयसको भागिदार स्वयं उ आफै हुने कुराको अवगत गराउँदै कोही ठगिएको भए कानुनी कारबाहीमा जान र कोही पीडित छन् भने सहयोग गर्न मुख्यमन्त्री तथा सचिवाय तयार रहेको स्पष्ट पार्न चाहान्छु,’ उनको दाबी छ,‘निज अधिकारीसँग मुख्यमन्त्री ज्युको कुनै साँठगाँठ नरहेको, संलग्नता नरहेको र संरक्षण नगरेको कुरा स्पष्ट पार्न चाहान्छु । मुख्यमन्त्री कार्यालयमा भेटेर फोटो खिचेकै आधारमा संलग्नता र संरक्षण गरेको कुरा निराधार रहेको छ ।’

 

सिफारिस