विवाहको प्रलोभन देखाएर ‘बलात्कार’, पीडितलाई उल्टो आपराधिक मुद्दा लगाएर थुनामा !

दियोपोस्ट संवाददाता

काठमाडौं । महानगरीय प्रहरी बृत्त बौद्धले बिहेको प्रलोभनमा बलात्कृत एक युवतीलाई उल्टो आपराधिक लाभको मुद्दा लगाएर पीडितलाई नै थुनामा राखेको खुलाशा भएको छ । सिन्धुपाल्चोक घर भएकी एक युवतीलाई बिहेको प्रलोभनमा बलात्कार गरेको भएपनि अभियुक्त पेमा दोर्जे लामालाई जोगाएर उल्टो पीडितलाई नै प्रहरीले थुनामा राखेको हो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ नारायणटारमा सामान्य व्युटिपार्लर तथा ब्युटिसियनको काम सिक्दै आएकी युवतीलाई करिब २ महिना अघि काठमाडौंको बौद्ध पिपलबोट नजिकै युवतीकै कोठामा बलात्कार भएको पाइएको छ । उनले आफू अविवाहित रहेको र कोठा देखाउ भन्दै युवतीको कोठासम्म पुगेका थिए । विभिन्न सहयोग गर्ने बहानामा कोठामा पुगेका उनले ‘तिमीलाई राम्री लाग्यो विवाह गर्छु’ त्यसपछि ती युवतीलाई शारिरिक सम्पर्क राखेका थिए । बौद्धमा भेटेको ८ दिनपछि पुन आफूलाई पेमा दोर्जेले शारिरिक सम्पर्क राखेको पीडितको बयान छ । पछिल्लो समय पेमा राम्रोसँग नबोल्ने र व्यवहार समेत परिवर्तन भएपछि सोधेको जवाफ समेत नदिएपछि पीडित युवतीले आफूसँग भएको शारिरिक सम्बन्धको भिडियो बनाएर पीडकलाई विवाह गर्न दबाव दिएकी थिइन् । सोही भिडियोका कारण दुई पक्षबीच विवाद भएको थियो ।

विवादकै बीचमा एक जना सौरभ तामाङ भन्ने लिलाबहादुर तामाङले घटनाको मध्यस्तकर्ता गरेका थिए । युवतीका अनुसार भिडियो डिलिट गरे एक करोड दिने प्रस्ताव पेमाले गरेका थिए । त्यसपछि पीडित युवतीको पक्षबाट बार्गेनिङ समेत चलेको थियो । पीडितले आफूले बिहे नगर्ने भए घर जनाकालागि ५० हजार रुपैयाँ माग गरेको म्यासेजलाई नै आधार बनाएर प्रहरीले पीडित युवतीलाई आपराधिक लाभ ‘एक्सटर्ट’को मुद्दा लगाएको छ । तर, बिहेको प्रलोभन देखाएर बलात्कार गर्ने पेमा दोर्जेलाई भने कुनै मुद्दा समेत नलाई उन्मुक्ति दिएको छ । त्यतिमात्रै होइन उनीहरुबीच मिलापत्र गराउन कोशिस गर्ने एक व्यक्तिलाई समेत पक्राउ गरिएको छ । जबकी बिहेको प्रलोभन देखाएर बलात्कार गर्ने पेमालाई भने कुनै मुद्दा लगाइएको छैन ।

यस विषयमा प्रतिक्रिया लिन पेमा दोङ भनिने पेमा दोर्जेलाई सम्पर्क गर्दा आफू अदालत धाई रहेकाले प्रतिक्रिया दिन अस्विकार गरे ।

सम्बन्धित खबर

सिफारिस