जेलमा रविको पीडा देख्नेहरु अरु कैदीबन्दीको पीडा किन देख्दैनन् ?

दियोपोस्ट संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रबि लामिछाने बिभिन्न सहकारी काण्डको ठगी आरोपमा पछिल्लो पटक २०८१ चैत्र २२ गतेदेखि रुपन्देही जिल्ला कारागार भैरहवामा जेल जीवन बिताइरहेका छन् । उनीमाथि रुपन्देहीको सुप्रिम, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी, कास्कीको सूर्यदर्शन र पर्साको सानो पाइला सहकारी ठगी गरेको आरोप छ ।

कारगारमा पनि रबिलाई बिशेष सुबिधा उपलब्ध गराइएको छ । कारगार प्रशासनले अरु कैदीबन्दीलाई भन्दा रबिलाई बिशेष सुबिधा दिइरहेको छ । उनको कारगार बसाई साधारण कैदीबन्दीको भन्दा सुबिधा सम्पन्न छ । तर बेला बखत उनको बसाईको बिषयमा मिडियामा प्रश्न उठ्ने गर्छ ।

केहीदिन अघि मात्रै पनि कागागारमा रबिलाई अध्याँरो कोठामा एक्लै राखिएको, एकान्तमा राखिएको र कुनै सुबिधा उपलब्ध नगराइएको भन्दै केही मिडियामा समाचार प्रकाशन भयो । समाचारसंगै ए.आई.द्वारा निर्मित कोठाको फोटो पनि राखिएको थियो ।

उक्त फोटो र समाचारमा कुनै सत्यता थिएन । फोटो सार्वजनिक गर्ने मिडियाले फोटो ए.आइ.द्वारा निर्मित भएको र भुलबस उक्त फोटो पोष्ट भएको भन्दै सार्वजिनिक रुपमै क्षमायाचना गर्यो ।

रुपन्देही प्रशासनले समेत उक्त समाचार र फेटोको विषयमा खण्डन गरेको छ । प्रशासनले विज्ञप्ती मार्फत समाचारमा भनिएको जस्तो नभएको बताएको छ ।

यद्यपी, रबि बस्दै आएको कोठा साधारण कैदीबन्दी कोठाभन्दा फरक थियो । त्यहाँ उनलाई अरु कैदीसँग समुहमा राखिएको थिएन । कोठा सामान्य आकारको भए पनि बाहिर आउन–जान र अरूसँग सम्पर्क सीमित हुने खालको थियो, त्यसैले यसलाई समाचारहरूले ‘एकान्त कोठा’ भनेर लेखेका थिए ।

अब प्रश्न उठ्ने गर्छ, रबिलाई कारगारमा बिशेष सुबिधा उपलब्ध हुँदाहुँदै पनि केही नभएको जस्तो गरि किन प्रश्न उठ्ने गर्छ? अरु सर्वसाधारण कैदीबन्दीले जेलमा भोगेको अभावको बिषयमा किन प्रश्न उठ्दैन?

सहकारीमा मकै पोल्नेदेखि अर्काको घरमा भाडा माझ्ने, व्यापार व्यवसाय गरेको, विदेश वा स्वदेशमै जीवनभर कमाएको पैसा बचतकर्ताले सहकारीमा राखेका थिए । एउटै बचतकर्ताले २० हजारदेखि करोडौं रुपैयाँसम्म यी सहकारीमा राखेका छन् ।

लाखौं जनताको अर्बौ रकम यी पाँच सहकारीमा डुबेको छ । बचतकर्ताहरुको बिचल्ली भएको छ । उनीहरु सुकुम्बासी हुन पुगेका छन् । पैसा नभएपछि छोराछोरी पढाउन सकेका छैनन् । उपचार गर्न सकेका छैनन् । यतिसम्म कि बिहानबेलुकाको छाक टार्नसमेत उनीहरुलाई मुस्किल छ ।

सहकारीमा सबै पैसा डुबेपछि भाडा तिर्न नसकेर अधिकांश सडकमा आइपुगेका छन् । कतिपयले सहन नसकेपछि आत्महत्याको बाटोसमेत रोजेका छन् । अधिकांश डिप्रेसनमा छन् । केही वर्षअघि यी पाँच सहकारीका बचतकर्ताहरु आफ्नो निक्षेप निकाल्न गए । तर, सहकारीले दिन सकेनन् ।

पटक-पटक सहकारी धाउँदासमेत निक्षेप फिर्ता नभएपछि बचतकर्ताहरुले सरकार गुहारे । सहकारीविरुद्ध प्रहरीमा उजुरी दिए । उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढायो । त्यसक्रममा पाँचवटै सहकारीको रकम जीबी राई र रवि लामिछानेको मिलेमतोमा हिनामिना भएको खुल्यो ।
ग्यालेक्सी टिभी चलाउने नाममा सहकारीको पैसा दुरुपयोग गरिएको पाइएको हो । तर, रवि मान्न तयार थिएनन् । अहिले पनि सहकारी ठगीमा आफ्नो कुनै हात नरहेको उनी बताउँदै आएका छन् । त्यतिबेला उनी गृहमन्त्री थिए । संसद्मा उनीमाथि छानबिनको आवाज चर्कियो । रवि छानबिन समिति गठन गर्ने पक्षमा थिएनन् ।

यही निहुँमा केही महिना संसद् अवरुद्ध भयो । त्यसपछि बल्ल रवि तयार भए । एमाले नेता सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन समिति बन्यो । समितिले केही महिना लगाएर छानबिन गरी प्रतिवेदन तयार पार्यो । जसमा सहकारी ठगीमा रविको प्रत्यक्ष संलग्नता देखियो । जीबी राईले पैसा ल्याउने अनि रविले धमाधम चेक काट्ने गरेको भेटियो ।

२०८१ कात्तिक २ गते रवि लामिछाने पहिलो पटक पक्राउ परे । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा । उनी पक्राउ पर्दा पोखरामा रास्वपाले आन्दोलन गरेको थियो । पछि ८४ दिनपछि ६५ लाख रुपैयाँ धरौटीमा अदालतले उनलाई छोडिदियो । पmेरि चैत २१ गते उनी पक्राउ परे ।

त्यो पनि आफैंले गरेको पुनरावेदनका कारण । अहिले उनी भैरहवा कारागारमा छन् । मुलुकको संविधान र कानूनअनुसार कुनै पनि व्यक्तिमाथि आरोप लागेपछि प्रमाण, तथ्यका आधारमा अदालतले ऊ निर्दोष वा दोषी रहेको ठहर गर्छ । निर्दोष साबित भएमा उनी जेलमुक्त हुनेछन् । दोषी करार भएमा कानूनबमोजिम सजाय भोग्नै पर्छ ।

बिभिन्न काण्डमा मुछिएका हजारौँ युवा जेलमा छन् । विदेशीसमेत नेपाली जेलमा छन् । जेलमा रहेकामध्ये कोही पुर्पक्षमा थुनिएका छन् भने कोही कैद सजाय भुक्तान गरिरहेका छन् । कतिपय चाँहि धरौटी तिर्न नसकेपछि जेलमै छन् । एक हजार क्षमता भएको जेलमा ६ हजारसम्म कैदीबन्दी बसेका छन् । जेलमा बसेका सबै जनता हुन् ।

मुलुकको कानून र संविधानअनुसार नागरिक सरोबर हुन् । कुनै पनि नागरिक जेल पुगेपछि ऊ कैदीबन्दी हुन्छ । जेल पुग्नुअघि उसको ओहोदा के थियो ? त्यसले केही पनि फरक पर्दैन । किनकि गल्ती गरेपछि कानुन बमोजिम हरेकले सजाय भोग्नुपर्छ । कानून सानोलाई मात्र लाग्ने, ठुलोलाई नलाग्ने भन्ने हुँदैन । जेलमा बसेका कैदीबन्दीको खाने खानादेखि पाउने सेवासुविधा जनताले तिरेको करबाट हो ।

अर्बौ आर्थिक हिनामिना गरि लाखौं जनतालाई सुकुम्बासी बनाएका रवि लामिछानेलाई सरकारले अलग्गै कोठामा विशेष सेवासुविधा दिएर जेलमा राखेको छ । अरु कारागारमा एउटै कोठामा एक–दुई सय कैदीबन्दी राख्नेमा लामिछानेलाई सिंगो कोठा दिईएको छ । किनकी उनी पूर्वगृहमन्त्री, उपप्रधानमन्त्री थिए ।

जेलमा बसेका सबै नागरिक हुन् । अझ भन्नुपर्दा देश विकास र अर्थतन्त्रमा रविभन्दा उनीहरुको महत्वपूर्ण योगदान छ । ०५२ फागुन १ गते माओवादीले जनयुद्ध शुरु गर्दा रवि नेपाल छोडेर अमेरिका गएको सबैलाई प्रष्ट छ । यहाँ शान्ति र सुरक्षा नभएको भन्दै ०५६ सालमा उनी अमेरिका लागेका थिए ।

रबि ग्रिन कार्डको निम्ति नेपाली नागरिकता नै त्यागेका व्यक्ति हुन् । ०६६ सालमा नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बने । यता, दश वर्षे जनयुद्धमा १७ हजार जनता मारिए । हजारौं अंगभंग र बेपत्ता भए । ०६२–०६३ मा भएको १९ दिने जनआन्दोलनमा समेत धेरैले रगत बगाए । हजारौँको बलिदानी र नेपाली जनातको संघर्षका कारण देशमा गणतन्त्र स्थापना भएको सर्बबिदितै छ ।

त्यतिबेला रवि अमेरिकामा रमाइलो गरिरहेका थिए । मुलुकको राजनीतिक परिवर्तनमा उनको कुनै योगदान छैन । उनका कोही परिवारका सदस्य शहिद पनि भएका थिए । जब मुलुकलाई उनको आवश्यकता थियो, तब उनी शान्ति, सुरक्षा खोज्दै अमेरिका लागे । अनि अमेरिकामा ठग्न नपाएपछि र मुद्दा परेपछि उनी नेपाल आए ।

त्यो पनि भिजिट भिसामा । ०७१ साल जेठमा नेपाल आएपछि टेलिभिजनमार्फत जनताको आवाज उठाएजस्तो गरेर चर्चामा आए । टेलिभिजन कायक्रममार्फत नेताहरुलाई गाली गरे । नकको डाँडी भाँच्छु भने ।

टेलिभिजनबाट कमाएको ख्यातीबाट उनले पार्टी खोले । गृहमन्त्री बने । अनि बल्ल उनी अमेरिकी नागरिक भएको खुल्यो । सर्वोच्चले उनी नेपाली नागरिक नभएको ठहर गर्दै तत्कालिन गृहमन्त्रीसहित सांसद, पार्टी सभापति पद खारेज गरिदिएको थियो ।

रविको सम्पूर्ण कर्तृतबारे केही वर्षअघि नै खुलासा भइसकेको थियो । जब उनले आफ्नो सहकर्मी पत्रकार शालिकग्राम पुडासैनीलाई मर्न बाध्य बनाएका थिए । उनले मर्नुअघि बनाएको भिडियो रविको हरेक कर्तुतबारे स्पष्ट बताइएको थियो । विडम्बना, त्यसप्रति न राज्यले विश्वास गर्यो न जनताले । त्यत्रो प्रमाण हुँदाहुँदै रविलाई छोडियो ।

तर, भनिन्छ नि पाप धुरीबाट कराउँछ । रविको हकमा यो ठ्याक्कै मिलेको छ । त्यतिबेला राजनीतिक पहुँचका कारण छुटेका रबि अहिले जेल जीवन बिताइरहेका छन् । तर, आश्चर्य लाग्दो कुरो चाँहि ठगीजस्तो जघन्य अपराधमा जेल पुगेका व्यक्तिको समर्थनमा पूर्व प्रधानमन्त्री समेत सांसद, कालाकारहरु बोलिरहेका छन् ।

केही दिनअघि मात्रै पूर्वप्रधानमन्त्री बाबुराम भट्राई भैरहवा कारागार पुगे । त्यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउत, हृदयेश त्रिपाठी, एमाले सांसद वासुदेव घिमिरे, माओवादी सांसद माधव सापकोटा पनि रविलाई भेट्न पुगे । भेटेपछि उनीहरुले रविले सेवासुविधा नपाएको बताए ।
तर, कसैले पनि अन्य कैदीबन्दीको बारेमा बोलेनन् । पाँच सय क्षमता भएको कारागारमा पाँच हजार कैदीबन्दी राख्दा नेताहरु चुइक्क बोल्दैनन् । शुरुमा अन्य कारागार र कैदीबन्दीको अवस्था हेरेको भए रविले सेवासुविधा पाएनन् भनेको ठिक्कै हुन्थ्यो । तर, उनीहरु त अरु कैदीबन्दीको अवस्था नै नहेरी रविको पक्षमा मात्रै आवाज उठाउनु गलत हो ।

अब प्रश्न उठ्छ, रवि को हुन् ? उनलाई कारगारमा छुट्टै सेवासुविधाको व्यवस्था किन गरिदिनुपर्ने ? गल्ती गरेपछि प्रधानमन्त्री, राष्ट्रपति समेत जेल जानुपर्छ । जेल पुगेपछि उनीहरुको ओहोदा प्रधानमन्त्री, राष्ट्रपतिको रहँदैन । कैदीबन्दीमा सीमित हुन्छ । अनि रविलाई चाँहि जेल पुगेपछि पनि पूर्वगृहमन्त्री मानिदिनुपर्ने ।

रबि अझै पनि आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै जोगिन खोजिरहेका छन् । जनताको पसिनाको कमाई ठगेर जेल गएको विषय कसरी राजनीतिक प्रतिशोध हुन सक्छ? यता जनतालाई पनि भ्रम छरिएको छ । त्यसैले पनि जनताले रबिको पक्षमा हस्ताक्षर गरिरहेका छन् । रवि ठगीमा मात्र संलग्न छैनन्, उनको पहिचानबारे अन्यौलता अझै कायमै छ ।

उनी अमेरिकाले पठाएको जासुजसमेत हुनसक्छन् । किनकि उनी अमेरिकी नागरिक नभएको अहिलेसम्म अमेरिका सरकारले बताएको छैन ।

 

 

सम्बन्धित खबर