सुनकोशीमा खसेको कार खोजीको लागि गोताखोरसहितको टोली परिचालन

दियोपोस्ट संवाददाता

सिन्धुली । सुनकोशी नदीमा खसेको कार खोजीको लागि गोताखोरसहितको टोली परिचालन भएको छ । बेपत्ता कारको खोजीका लागि सो वेशबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोलीसमेत परिचालन भएको हो ।

सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकर्गमा आज (मंगलबार)कार सुनकोशी नदिमा खसेको थियो ।

खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१०–०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल सुनकोशी नदिमा खसेको थियो । 

उक्त कारमा सवार सोही गाउँपालिका–५ बस्ने पुर्णबहादुर तामाङ, सोही जिल्लाको गोलन्जोर गाउँपालिका-१ बस्ने २८ वर्षीय गणेश थापा र वतन नखुलेका अर्का एक जना समेत बेपत्ता भएका छन् ।