
जाजरकोट । जाजरकोटमा मंगलबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरकोटको कल्सेनी आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पपछि स्थानीयमा केही समय त्रास उत्पन्न भएको थियो ।
भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने हालसम्म प्राप्त नभएको केन्द्रले जनाएको छ ।