पीडितका लागि उद्योगी भारतीद्वारा गृहमन्त्रीका स्वकीयमार्फत लाखौँको राहत सामग्री हस्तान्तरण

दियोपोस्ट संवाददाता

काठमाडाैं । फिटवेल गार्मेन्ट र खराउ सुज इन्डष्ट्रिजका सञ्चालक मनोज भारतीले बाढी तथा पहिरो प्रभावितहरूका लागि लाखौँ रुपैयाँ बराबरको राहत सामग्री गृहमन्त्रीका स्वकीय सचिवमार्फत हस्तान्तरण गरेका छन्।

काठमाडौंको सामाखुसीस्थित विपद् व्यवस्थापन कार्यालयमा पुगी भारतीले गृहमन्त्रीका स्वकीय सचिव जेन्स कार्कीमार्फत ट्र्याकसुट, खेलकुद पोशाक, स्पोर्ट जुत्ता, टी–सर्ट र विन्डसिटरलगायतका सामग्री हस्तान्तरण गरेका हुन्। उक्त सामग्री रसुवाका बाढी तथा पहिरो प्रभावित परिवारसम्म पुर्‍याउने लक्ष्य राखिएको छ। यसअघि पनि विभिन्न संकटका समयमा सामाजिक सहयोग गर्दै आएका भारतीले विपद्मा परेका नागरिकलाई राहत पुर्‍याउन यो पहल गरेका हुन्।