रवी लामिछाने पक्राउपछि काठमाडौंमा ‘हाईअलर्ट’, काठमाडौंका एसएसपी भन्छन्,‘उश्रङ्खल नबनौँ’ !

रवी लामिछाने पक्राउपछि काठमाडौंमा ‘हाईअलर्ट’, काठमाडौंका एसएसपी भन्छन्,‘उश्रङ्खल नबनौँ’ !

काठमाडौं, ३० साउन । टेलिभिजन पत्रकार रवी लामिछाने पक्राउ परेपछि काठमाडौं प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । प्रहरीले कसैले पनि उश्रङ्खल गतिविधि गर्न सक्ने भएकाले सतर्कता बढाएको हो ।


काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले प्रहरीले अनुसन्धानका लागि सहयोग गर्न लामिछानेलाई चितवन प्रहरीको जिम्मा लगाएकाले अन्यथा लिनु नपर्ने बताए ।


‘कोही पनि उश्रङ्खल हुन जरुरी छैन । यदि कसैले त्यस्तो गतिविधि गरे प्रहरी नियन्त्रण गर्न सक्षम छ,’ सुवेदीले भने,‘उहाँलाई चितवन प्रहरीको जिम्मा लगाइएको छ ।’


सुरक्षा निकायले अनुसन्धानलाई सहयोग गर्न अपिल समेत गरेको छ ।


‘यो प्रहरीको कर्तव्य हो । भिड र कानुन छुट्टा छुट्टै विषय हो । भिडले राज्यको सिस्टमलाई नियन्त्रण गर्न सक्दैन,’ एक उच्च प्रहरी अधिकारीले भने,‘आम सर्वसाधरणले प्रहरीको कदमलाई सहयोग गर्नुपर्छ ।’

Trending News