फेरि बढ्यो सुनको भाउ !

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन २९ । सुनको मुल्यमा पुनः ठुलो रकमले बृद्धी भएको छ । बुधबार एकैपटक ६ हजार २ सय रुपैयाँले घटेको सुनको मुल्य बिहीबार पुनः २ हजार ४ सय रुपैयाँले बढेको हो ।

सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको मुल्य ९७ हजार ३ सय रुपैयाँ प्रतितोला कायम गरिएको छ भने असली चाँदीको प्रतितोला मुल्य १२ सय ९५ रुपैयाँ पुगेको छ ।

मंगलबार तोलामा १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको ९४ हजार ९०० रुपैयाँ प्रतितोलामामा कारोबार भएको थियो ।

रुसले कोभिड १९ बिरुद्धको खोप बनाएको घोषणा पछि लगानीकर्तामा मनोबाल बढेको र सुनमा गरिने लगानी घट्दा मूल्य ओरोलो लागेको विश्लेषण अन्तराष्ट्रिय बजारमा गरिएको थियो ।