कोभिड १९ विरामीको उपचारमा मनोमाहन अस्पतालको सक्रियता : ३३३ आइशोलेसन बेड, ६८ जना उपचारत !

दियो पोस्ट  

काठमाडौं, ७ भदौ । कोरोना भाइरस कोभड १९ को संक्रमणबीच केही नीजि अस्पतालले संक्रमितको उपचारबाट हात झिकिरहेका बेला राजधानीको सितापाइलामा रहेको मनोमोहन अस्पतालले उपचार थालेको छ ।


नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाबाट सञ्चालित मनमोहन अस्पतालमा हाल ६८ जना पिसिआर पोजिटिभ भएका कोरोना संक्रमितहरुको उपचार भइरहेको सहकारीका अध्यक्ष तथा पूर्व मन्त्री राजेन्द्र पाण्डेले जानकारी दिए ।

काठमाण्डौको चन्द्रागिरी नगरपालिका स्थित् दहचोकमा रहेको बेसिक साईन्स भवनलाई कोरोना संक्रमीत बिरामीको उपचारमा सञ्चालन गरिएको छ । हाल ३ सय ३३ शैयाको आईसोलेशन कक्ष तयार गरी संचालनमा ल्यायको अस्पतालका अध्यक्ष पाण्डेले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

बिदेशमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश आउनका लागी सहजीकरण गर्न, नेपाल सरकार मन्त्रीपरिषद्को गत जेठ १२ गतेको बैठकले क्वारेन्टाईन संचालन गनाका लागि मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई अनुरोध गरेको र सरकारको अनुरोधलाई अस्पतालले महामारी नियन्त्रणका लागि आप्mनो कर्तव्य ठानी नेपाल सरकार र स्वास्थ्य मन्त्रालयलाई गत जेठ २५ गते नै उपलव्ध गराईसकेको अस्पतालका अध्यक्ष पाण्डेले विज्ञप्तिमा जानकारी दिएका छन् ।


अस्पतालको काठमाण्डौ स्थित् चन्द्रागिरी नगरपालिका वडा नं.१ स्थित् दहचोकमा ७५ हजार वर्गफिट क्षेत्रफल रहेको ५ तले ६० कोठा भएको भवन तथा ७ वटा ल्याव समेतको हल भएको बेसिक साईन्स भवनलाई नै आइशोलेशन बनाइएको छ ।


त्यस्तै गत भदौ २ गतेवाट मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको स्वयम्भुवाट समेत उपचार सुरु गरेको छ । हाल स्वयम्भु अस्पतालमा पिसिआर पोजिटिभ भएका ६८ जना विरामी रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको समेत पाण्डेले विज्ञप्तिमा जनाएका छन् ।

TATA ADD