मध्यरातमा त्रिशुलीमा बालुवा झिक्दै गर्दा ५ मजदुर पक्राउ, मालिक केशव अधिकारीलाई उन्मुक्ति !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता,
धादिङ, ८ भदौ । धादिङको गल्छी गाउँपालिका ४ स्थित त्रिशुली नदिको रुम्टा बगरमा मध्यरातमा बालुवा झिक्दै गरेको अवस्थामा ५ जना मजदुर पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस कोभिड १९ को महामारी जारी रहँदा कुनै पनि नदिबाट बालुवा उत्खनन् गर्न नपाउने भन्दै प्रतिबन्ध लगाएको अवस्थामा उनीहरु आइतबार राती ११ बजेतिर त्रिशुली नदिमा बालुवा झिक्दै गरेको अवस्थामा फेला परेका हुन् ।


आदमघाट स्थित रहेको सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई राती नै पक्राउ गरी इलाका प्रहरी कार्यालय गजुरीमा बुझाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका उनीहरु केशव अधिकारीको स्वामित्व रहेको सक्सेस बालुवा प्रशोधन उद्योगका कर्मचारी हुन् । उनीहरुलाई अधिकारीले नै पठाएको प्रारम्भिक बयान दिएका छन् । यद्धपी प्रहरीले अधिकारीलाई भने पक्राउ गरेको छैन ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरिक्षक डिएसपी विश्वराज खड्काले बयान लिने कार्य भइरहेको बताए । पक्राउ परेका मजदुरहरु खोटाङ घर भएको समेत बुझिएको छ ।

प्रारम्भिक बयानमा उनीहरुले आफूलाई सक्सेस बालुवा प्रशोधन उद्योगका मालिक केशव अधिकारीले पठाएको बताएका छन् । तर, प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । अधिकारी यसअघि देखि नै त्रिशुली नदि उत्खनन् गर्दै आएका व्यक्ति हुन् ।

सम्बन्धित खबर