काठमाडौं, ७ भदौ । गृहमन्त्री राम बहादुर थापा सहितको टोली गत भदौ ५ गते राहत बोकेको नेपाली सेनाको स्काई ट्रक मार्फत अछामको रामारोशन गाउँपालिका पुग्यो । उनीसँगै पूर्व गृहमन्त्री भिम रावल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायत उच्च अधिकारी समेत पुगेका थिए । बाढीले धानबाली लगेकै ठाउँमा हेलिकोप्टर ल्याण्ड गरेर राहत वितरण गरेका गृहमन्त्रीको एउटा तस्विरलाई लिएर यतिबेला सामाजिक सञ्जाल तातेको छ ।
झट्ट हेर्दाै हरियो धानखेतमा गृहमन्त्रीले सभा गरेजस्तो देखिन्छ । तर, उक्त धानखेत गृहमन्त्री गएको हेलिकोप्टरले लडाएको थिएन । न त गृहमन्त्रीसहितले राहत बाँढ्दा उक्त खेतको धान माडिएको थियो ।
‘यो मेरो परिवारको खेत हो । त्यहाँ खरबौंको क्षेति भएको छ । सबै गरेर १०० मुरि आउने खेत बगाएको छ । १७ जना मानिसको मृत्यु भएको छ । ६ जनाको मात्रै सनाखत भएको छ । यस्तो बेलामा सबैले सहयोग गर्नुपर्ने हो,’ उक्त खेत धनि मध्येका एक मिन बहादुर साउदले दियोपोस्टसँग भने,‘पत्रकारले पनि सत्य तथ्यमा आधारित भएर समाचार लेखिदिएको भए हुन्थ्यो । त्यो त्यहाँको धानखेत बगाएको बाढीले हो । गृहमन्त्रीले त्यहाँ धानमाथि नै टेबल राखेको जस्तो प्रतिक्रिया आएको छ । त्यो सत्य होइन ।’
उनका अनुसार कार्यक्रम भएको स्थानभन्दा माथिसम्म नै बाढीले क्षेति पुर्याएको छ ।
‘त्यहाँ सबै खेत हाम्रो परिवारको मात्रै बगाएको छ । हरियो धानमाथि कार्यक्रम गरिएको भन्ने कुरा सत्य नै होइन । बाढीले बगाएको खेतमाथि पो कार्यक्रम भएको हो । त्यहाँ कार्यक्रम गर्न गाउँपालिकाले नै तय गरेको हो । कार्यक्रम भएको भन्दा माथि घरसहित खेत बगाएको छ,’ उनले भने,‘बाढीले बगाएकै ठाउँमा पुगेका गृहमन्त्रीको चरित्रहत्या भयो । अनावश्यक हल्ला गरिएको छ । यसले कस्तो सन्देश दिन खोजिएको छ ।’
गृहमन्त्री थापाको विषयमा यस्तो टिप्पणी हुँदा आफूहरुलाई समेत नराम्रो लागेको उनको भनाई छ । सामाजिक सञ्जालमा हातालमा टिप्पणीभएको उनको तर्क छ ।
अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीले १७ जना व्यक्तिलाई बेपत्ता बनाएको थियो । सोही खबरपछि गृहमन्त्री थापा राहत लिएर उक्त स्थान पुगेका थिए ।