काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडको भाद्र ११ गते बिहीबार गर्ने भनिएको बिसौँ, एक्काइसौँ, बाइसौँ, तेइसौँ, चौबिसौँ, पच्चिसौँ, छब्बिसौँ र सत्ताइसौँ साधारण सभा स्थगित भएको छ ।
हाल विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस को संक्रमण न्युनीकरण गर्न लागू गरिएको निषेधाज्ञाका कारण अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगित गरिएको फाइनान्सले एक सूचना मार्फत जानकारी दिएको छ ।
कम्पनीले १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीको हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
फाइनान्सको सभा भाद्र ११ गते बिहीबार, एल्लो प्यागोडा होटल कान्तिपथ, काठमाडौँमा बिहान ११ बजेबाट सुरु गर्ने भनिएको थियो । फाइनान्सले १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको छ । फाइनान्सले २०७६ साल फागुन २९ गते सेबोनमा निवेदन पेश गरेको छ ।