काठमाडौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहाकार राजन भट्टराई विवादमा तानिएका छन् । उनले नेपाल भारत सम्बन्ध अध्ययनका लागि भन्दै चीनबाट १५ लाख रुपैयाँ लिएको र उक्त रकम श्रीमतीको नाममा जम्मा गरेको विवादास्पद सामाचारको खुलाशा भएको छ ।
फ्रान्सको पेरिसबाट सञ्चालित ग्लोबल वाच एनालाइसिसले यस्तो समाचार सार्वजनिक गरेको हो । सोही साइटले यसअघि प्रधानमन्त्री केपी ओलीले स्विस बैंकमा ६६ करोड रुपैयाँ लुकाएको र कम्बोडियाको टेलिकममा दिवंगत व्यापारी आङछिरिङ शेर्पा मार्फत लगानी गरेको समाचार प्रकाशन गरेको थियो ।
हाल प्रकाशित समाचारमा भने भट्टराईले रकम लिएको स्लिप नै प्रमाणको रुपमा पेश गरिएको छ । भट्टराईलाई अमेरिकन लविको मान्छे भनिने गरेको छ । त्यसैले उनले श्रीमतीको नाममा पैसा लिएको हुन सक्ने आशंका समेत छ ।
यद्धपी उनले श्रीमती गिता गौतमलाई प्रोजेक्ट कोअर्डिनेटर बनाएर नेपाल भारत सम्बन्ध बारेमा अध्ययन गर्न भन्दै लिएको देखिन्छ । उक्त रकमको स्लिपमा भट्टराई आफैले प्रोजेक्ट अब्जर्भर भनेर हस्ताक्षर गरेका छन् ।
उनले चीनियाँ दुताबासमार्फत नै रकम लिएको समाचारमा ठोकुवा गरिएको छ । उक्त रकम नबिल बैंकमा रहेको आफ्नै खातामा जम्मा गराएको समेत समाचारमा लेखिएको छ ।
प्रधानमन्त्रका परराष्ट्र सल्लाहाकार भट्टराईले श्रीमतीलाई कुन पदमा राखेर रकम लिएक हुन् त्यो भने खुलाइएको छैन ।
त्यस्तै समाचारमा प्रयोग भएको स्लिप अनुसार उक्त प्रोजेक्टबारे १५० शब्दमा लेख्नुपर्ने उल्लेख छ ।
यस विषयम प्रतिक्रिया लिन भट्टराईलाई सम्पर्क गर्दा उनले फोन काटे ।