
काठमाडौं, ९ भदौ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सोही पदमा निरन्तरता दिने विषयमा मन्त्रिपरिषदले कुनै निर्णय नगरेको खुलेको छ ।
यद्धपी सामाजिक सञ्जालमा भने घिसिङलाई निरन्तरता दिने मन्त्रिपरिषदको आजको बैठकले निर्णय गरेको भन्दै बधाईको ओइरो आइरहेको छ ।
केहीबेर अघि मात्रै शुरु भएको मन्त्रिपरिषद बैठक सकिएको छैन । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले घिसिङलाई बधाई दिन थालिसकेका छन् ।
मन्त्रिपरिषदका एक सदस्यका अनुसार आजको बैठकमा यो विषयमा कुनै छलफल नै भएको छैन । उनको निरन्तरताका लागि चर्को अवाज उठेपनि प्रधानमन्त्री ओली उनलाई निरन्तर प्रबन्ध निर्देशक नै बनाउने पक्षमा छैनन् ।