बजार परिसुचक १४ सय ६२ अंकमा

दियो पोस्ट  

काठमाडौ, १० भदौ । सेयर बजार परिसुचक उकालो लागेको छ । आज बुधबार बजार परिसुचक २१ दसमलव एक अंकले उकालो लागेर १४ सय ६२ दसमलव तीन अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ७७ अंकले उकालो लागेर दुुई सय ९८ दसमलव ७४ अंकमा चढेको छ ।

आज कुुल एक सय ८६ कम्पनीहरुको कारोवार भएकाछन । जसअनुुसार ३४ हजार छ सय २० वटा कारोवारमा ५८ लाख ८२ हजार एक सय एक कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम दुुई अर्ब ६५ करोड ६१ लाख ६३ हजार सात सय ३० रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । सो मध्ये टे«डिङ र जीवन बीमा समुहको सुचक ओरालो लागेकाछन भने बाँणिज्य बंैंक, बिकास बैंक, फाईनान्स सहितका १० वटा समुहको सुचक उकालो लागेकाछन ।

सम्बन्धित खबर