काठमाडौं, १० भदौ । नेपालको राजनीतिमा मात्रै होइन अधिकांश क्षेत्रमा भारतले माइक्रोम्यानेजमेन्ट गर्दै आएको विषयमा कयौँ पुस्तकहरुमा लिखित छन् । भारतले नेपालका सञ्चार क्षेत्र, कर्मचारी प्रशासन र सुरक्षा संयन्त्रमा हस्तक्षेप गर्दै आएको छ ।
सञ्चार जगतका एक प्रतिष्ठित व्यक्ति भने भारतीय दूतावासमा एक कर्मचारीलाई भेट्न रहस्यमयी तरिकाले मंगलबार दूतावास छिरेको खबर छ ।
प्राइम टाइम टेलिभिजनका मालिक समेत रहेका आफूलाई चर्चित टेलिभिजन प्रस्तोता बताउने रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषी धमला मंगलबार दिउँसो भारतीय दूतावास लैनचौर प्रवेश गरेको खबर छ ।
प्रधानमन्त्रीका परराष्ट्रसल्लाहाकार राजन भटट्राईले नेपाल भारत सम्बन्धको रिपोर्ट बुझाए बापत १५ लाख रुपैयाँ लिएको भन्दै फ्रान्सको पेरिसमा रहेको ग्लोबल वाच एनालाइसिस नामक अनलाइनले रिपोर्ट लिक गरेको केही घण्टापछि धमला त्यहाँ पुगेका थिए ।
स्रोतका अनुसार धमलाले त्यहाँ दूतावासको डुपुटि चिफ अफ मिसन नम्ग्या सि खम्पासँग झण्डै एक घण्टासम्म भेट गरेका थिए । केही दिनअघि मात्रै नेपालबाट दिल्ली प्रस्थान गरेका भारतीय राजदूत बिनय मोहन क्वात्रा नेपाल फर्कदै गरेको अवस्थामा उनीहरुबीच भेट भएको थियो ।