बालीकाको पोर्न भिडियो सेयर गरेको आरोपमा मकाउमा ११ जना नेपाली पक्राउ

दियो पोस्ट  

काठमाडौं । पोर्न भिडियो सेयर गरेको अभियोगमा मकाउनमा ११ जना नेपाली पक्राउ परेका छन् । उनीहरु विभिन्न कम्पनिमा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए ।

पक्राउ परेका ७ जनाले मोबाइल मार्फत पोर्न भिडियो सेयर गरेको स्वीकार गरेका छन् ।

उनीहरले पैसा कमाउने उद्देश्यले नभई मोबाइल मार्फत साथीभाईलाई भिडियो सेयर गरेको बताएका छन् ।


पक्राउ परेकाहरुले उक्त भिडियो कुनै वेभसाइटबाट डाउनलोड गरेको खुलेको छ ।

नेपालीहरुलाई पक्राउ गर्नु अघि अन्तर्राष्ट्रिय प्रहरी संगठन ईन्टरपोलले मकाउ प्रहरीले उक्त भिडियो बारे जानकारी दिएको थियो ।

बालीकालाई एक पुरुषले यौनसम्पर्क गरिरहेको २ मिनेट २९ सेकेन्डको उक्त भिडियो भाइरल भएको थियो । जुन अपराध मानिन्छ ।

सम्बन्धित खबर