महानगरीय प्रहरी अपराध महासाखाका अति गोप्य कागजात मिडियामा !

दियो पोस्ट  

काठमाडौं, १२ भदौ । महानगरीय प्रहरी अपराध महासाखाको सञ्चार शाखाको असावधानीले गोप्य कागजात समेत मिडियामा पुगेको छ । अपराध महासाखाले आफ्नो अनुसन्धानकै क्रममा गोप्य कागजात समेत मिडियबामा पुर्याएपछि क्षमा मागेको छ ।


शुक्रबार ‘सामाजिक सञ्जाल फेसबुकमा महिला बनी ठगी गर्ने व्यक्ति पक्राउ’ शिर्षकको प्रेस रिलिज पठाउने क्रममा अति गोप्य कागजात नै मिडियामा पुगेको हो ।


‘अन्य डकुमेन्ट समेत भूलबस समलग्न रहेकोमा उक्त डकुमेन्ट कहिँकतै सम्प्रेषण नगरिदिनुहुन सम्पूर्ण पत्रकार तथा मिडियाकर्मीहरुमा अनुरोध गर्दछौँ,’ महासाखाले पठाएको क्षमा पत्रम भनिएको छ ।
महासाखाले पठाएको उक्त रिलिजमा आफूले अनुसन्धानका क्रममा गरिरहेको गतिविधिको अति संवेदनशिल डकुमेन्ट नै पठाएको छ ।

TATA ADD