राजन भट्टराईको बचाउमा प्रधानमन्त्रीका सल्लाहाकारको कटाक्ष : ‘पानी अनलाइन’ !

दियो पोस्ट  

काठमाडौं, १३ भदौ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार तथा नेकपाका स्थायी समिति सदस्य विष्णु रिमालले मिडिया तथा सञ्चारकर्मीहरुको कटाक्ष गरेका छन् ।


केहीदिनअघि ग्लोबल वाच एनालाइसिस नामक विदेशी अनलाइनले प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहाकार राजन भट्टराईले नेपाल भारत सम्बन्धको जासुसी गर्न १५ लाख रुपैयाँ लिएको र उक्त रकम श्रीमतीको नाममा लिएर आफ्नै खातामा राखेको प्रमाण नै सार्वजनिक भएको थियो । सोही प्रकरणमा सञ्चार माध्यमले समाचार सार्वजनिक गरेको भन्दै रिमालले मिडियाको चर्को आलोचना गरेका हुन् ।


उनले अनलाइन सञ्चार माध्यमलाई पानी अनलाइनको संज्ञा समेत दिएका छन् । सामाजिक सञ्जालमा निकै छुद्र रुपमा प्रस्तुत हुने रिमालले प्रकाशित समाचारलाई फेक न्युजको श्रङ्खलाको रुपमा अर्थ्याएका छन् ।


सञ्चारकर्मीलाई शिकारी पासोमा परेकोको संज्ञा दिएका उनले भट्टराईको बचाउ गर्दै लेखेका छन्,‘शिकारीहरुले सार्वजनिक ओहोदामा रहेका दर्जनौँ व्यक्तिहरुको चरित्रको शिकार गरिसकेका छन् । यो श्रङ्खलाको पछिल्लो टार्गेट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराईलाई बनाइएको छ,’ उनले भनेका छन् ।


यस्तो रिमालको फेसबुक स्ट्टयाटस

https://www.facebook.com/bishnu.rimal/posts/3412378128824403?__xts__[0]=68.ARBHSoG_VGtwSmVh__3W3ZfqefgrP8NTyvzyHojlT14lZjLgdcB8LZrxXqAzH12atzniVNIFig1uEWF90FxkW52Qlhz2UxPFo1HFuGMTOadsYTxvFlG3qhT51UcxukiahDq5z4SiPyZSImvsbxtf2AVzJNRAFcE2mf1-pxvlPuXEfNYw89YTowujpTfJzpztxPksovOgrf40cRsBHTfXysfyRveTHIF8TwdLwGkOvSDScbP2Q9pmXBovbcO0kX84Rkd3XiEGHAWaagBPtliz7tj8NKDjuyDAj04a9FLfvrehTO-s2HkVupB0NO7nBvuUJLaikCCxvr4npDdNu42uHg&__tn__=-R